कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

आगामी वर्ष १२ रणनीतिक प्रसारण लाइन निर्माण गर्ने लक्ष्य : ऊर्जामन्त्री

विद्युत् उत्पादनदेखि व्यापारसम्म एकीकृत विकासका लागि बजेट वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बिराजभक्त श्रेष्ठले दिगो विद्युत् आपूर्तिको मेरुदण्डका रुपमा रहेको प्रसारण लाइन र सवस्टेशनहरुलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो ।

उर्जामन्त्री श्रेष्ठले मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै यस वर्ष विद्युत् उत्पादन, व्यापार, पूर्वाधार र औद्योगीकरणलाई एकीकृत रुपमा अघि बढाउन विगतको तुलनामा पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो ।

यस्तै उर्जामन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक महत्वका प्रसारणलाई निर्माण गर्ने लक्ष्यसहित मन्त्रालयले कार्ययोजना तयारी गरी काम अघि बढिसकेको जानकारी गराउनुभयो ।

ऊर्जा क्षेत्रको रुपान्तरणका लागि सरकार प्रस्थान विन्दुमा रहेको भन्नुहुँदै मन्त्री श्रेष्ठले बजेट छर्ने प्रवृत्तिलाई हटाई लामो समयदेखि अलपत्र परेका आयोजनालाई प्राथमिकता दिइएको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले आन्तरिक तथा अन्तरदेशिय प्रसारणलाई र वितरण लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले जलवायु परिवर्तनको कारण सिचाई र कृषि क्षेत्रमा चुनौती थपिँदै गएको समेत उल्लेख गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार