असार ५, २०८३ शुक्रबार June 19, 2026

रवि लामिछानेमाथिको सङ्गठित अपराधको अभियोग हट्यो, सहकारी ठगी मुद्दा यथावत्

काठमाडौँ अदालतले हटायो रवि लामिछानेमाथिको सङ्गठित अपराध अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।

न्यायाधीश आत्मदेव जोशी को इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराधको कसुर हटाउन आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोगपत्र संशोधनको निवेदन दिएपछि अदालतले उक्त अभियोग फिर्ता लिन अनुमति दिएको हो। तर, लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने अदालतले जनाएको छ।

सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा यो आदेश आएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया