कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने

स्वस्थ जीवनशैलीको अभ्यासमार्फत समृद्ध राष्ट्र र सशक्त समाज निर्माण गर्न सकिने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,  असार ७ गते ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले  नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति, सकारात्मक सोच र आत्मिक उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले योगलाई दैनिक जीवनशैलीमा आत्मसात् गरी स्वस्थ, अनुशासित र सन्तुलित जीवनतर्फ अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ।

उपराष्ट्रपति यादवले पछिल्लो समय हृदयाघात, मधुमेहलगायत दीर्घकालीन नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै योग मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा सामाजिक असन्तुलन घटाउने प्रभावकारी माध्यम बनेको बताउनुभएको छ ।

“योगले जात, धर्म, भाषा वा सीमाभन्दा माथि उठेर सम्पूर्ण मानव समुदायलाई एकताको सूत्रमा बाँध्ने सन्देश दिन्छ । यसले विश्वशान्ति, सहिष्णुता र सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँछ,” शुभकामना सन्देशमा योगको महत्वबारे प्रष्ट पार्दै उहाँले भन्नुभएको छ ।

योग शारीरिक अभ्यास मात्र नभई जीवनलाई अनुशासित, सन्तुलित, सुस्वस्थ र समृद्ध बनाउने महत्वपूर्ण जीवनपद्धति भएको उल्लेख गर्दै उहाँले आत्मा, शरीर र मनबीच सामञ्जस्य स्थापित गर्न योगले सहयोग गर्ने बताउनुभएको छ ।

स्वस्थ जीवनशैलीको अभ्यासमार्फत समृद्ध राष्ट्र र सशक्त समाज निर्माण गर्न सकिने उल्लेख गर्दै उपराष्ट्रपतिले “यस दिवसले हामी सबैलाई योग अभ्यासलाई जीवनशैलीमा समावेश गर्न प्रेरित गरोस् र सुस्वास्थ्ययुक्त, अनुशासित तथा सन्तुलित समाज निर्माणतर्फ जागरुकता फैलाओस्,” सन्देशमा भन्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार