असार २३, २०८२ सोमबार July 7, 2025

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् ।

प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको छ । स्थानीय एक विद्यालयमा वैकल्पिक शिकाईका लागि हिँड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । अपहरणमा परेकी बालिका हाल परिवारको साथमा छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया