असार २२, २०८२ आइतबार July 6, 2025

श्रम स्वीकृति लिनेको संख्या झन्डै ११ हजार पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका बीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको छ । गत असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ गतेदेखि नयाँ श्रम स्वीकृति दिन सुरु गरेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति खुला भएयता १० हजार ७८७ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७६४ जना महिला छन् ।

पुनः श्रम स्वीकृति लिने करिब १० हजार छ सय र नयाँ श्रम स्वीकृति लिने झण्डै दुई सय जना रहेको पनि विभागले जनाएको छ । ५० भन्दा बढी देशमा जान श्रम स्वीकृति लिइएको जनाइएको छ ।

विभागका अनुसार गत असारमा दुई हजार ४९४ जनाले र साउनमा दुई हजार ९७९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै भदौमा एक हजार ५२५ जनाले र असोज २० गतेसम्म तीन हजार ७८९ जनाले श्रम स्वीकृति लिएका छन् । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार