काठमाण्डाैंः कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् । कोरोनाको कुनै लक्षण नदेखिएपछि उनी नियमित काममा फर्किएका हुन् ।
विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्डको नियम तोड्दै उनी ह्पाईट हाउसको ओभल अफिसमा फर्किएका हुन् ।
ट्रम्पलाई पछिल्लो २४ घण्टा कोरोनाको कुनै पनि लक्षण लक्षण नदेखिएको उनका चिकित्सक सिन कोन्लेले बताएका छन् । गएको शुक्रबार ट्रम्प र उनकी पत्नि मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
तीन दिनक उपचारपछि उनी सोमबार नै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया