असार ९, २०८३ मंगलबार June 23, 2026

विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति

पक्राउ परेका पौडेलमाथि जारी अनुसन्धानका लागि अदालतले थुना म्याद स्वीकृत गरेसँगै प्रकरण थप चर्चामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सोमबार पक्राउ परेका पौडेलमाथि जारी अनुसन्धानका लागि अदालतले थुना म्याद स्वीकृत गरेसँगै प्रकरण थप चर्चामा आएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबारदेखि लागू हुनेगरी पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। अनुसन्धान निकायले प्रस्तुत गरेका आधार र आवश्यकताका विषयमा सुनुवाइपछि अदालतले उक्त आदेश दिएको बताइएको छ।

पूर्व उपप्रधानमन्त्री तथा पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको छ। पक्राउपछि उनलाई काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएको थियो।

पौडेल पक्राउ प्रकरणलाई लिएर राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ। नेकपा एमालेले यसलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित कदम भएको दाबी गर्दै सरकारको आलोचना गरेको छ। मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले गिरफ्तारीलाई गैरकानुनी र अन्यायपूर्ण भन्दै तत्काल रिहाइको माग गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया