असार १२, २०८३ शुक्रबार June 26, 2026

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार–विमर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार–विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, आपसी समझदारी, विकास सहयोग तथा गहिरो जनस्तरीय सम्बन्धका आधारमा नेपाल र अमेरिकाबीचको सम्बन्ध घनिष्ठ, सौहार्दपूर्ण तथा सहयोगात्मक रहँदै आएको बताउनुभयो ।

लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताका साझा मूल्यहरूको सम्मान गर्दै नेपालले अमेरिकासँगको सम्बन्धलाई सधैँ उच्च महत्व प्रदान गर्दै आएको उपराष्ट्रपति यादवले उल्लेख गर्नुभयो । उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाले दशकौँदेखि पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वार्षिकोत्सव दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले आगामी दिनमा अमेरिकाले नेपालको विकासमा निरन्तर समर्थन र सहयोग जारी राख्ने विश्वास पनि आफूले लिएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले अमेरिकाको स्वतन्त्रता घोषणापत्रको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी सरकार र जनताप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

भेटका अवसरमा कार्यवाहक राजदूत अर्बमले नेपाल र अमेरिकाबीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्चस्तरमा पुर्‍याउन अमेरिका इच्छुक रहेको बताउनुभयो । उहाँले नेपालप्रति अमेरिकाको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा सञ्चालन भइरहेका अमेरिकी परियोजना सहज र प्रभावकारी रूपमा अगाडि बढिरहेकामा सन्तोष व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार