काठमाण्डाैंः अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उहाँलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोवेल पुरस्कार छनौट कमिटिले बिहीबार उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाचारमा जनाइको छ ।
नोवेल पुरस्कारको ११२ वर्षीय इतिहासमा नोवेल साहित्य पुरस्कार पाउने उनी १६औ महिला साहित्यकार हुन् । न्युयोर्कमा जन्मिएकी ग्लुक अहिले ७७ बर्षको भएकी छन् । उनी याले विश्वविद्यालयको संकाय सदस्य पनि हुन् ।
उनलाई कवितामा मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु कवियत्रीका रुपमा चिनिन्छ ।उनले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा नेस्नल बुक अवार्ड पनि पाएकी थिइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया