असार २२, २०८२ आइतबार July 6, 2025

उपेन्द्र यादवका प्रेस सल्लाहकार महेशकुमार खोरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रेस सल्लाहकार रहेका पत्रकार महेशकुमार तमोली श्रीमतीको उजुरीको कारण साइबर अपराधमा तानिएका छन् ।

नेपालगञ्जमा बसेर श्रीमतीको चरित्रहत्या गर्दै सामाजिक सञ्जाल रंगाएको आरोपमा नेपाल प्रहरीको काठमाडौं परिसरले पन्ध्र दिनअघि तमोलीलाई नेपालगञ्जबाट समातेर ल्याएको हो । अहिले उनलाई साइबर अपराधमा मुद्दा चलाउन तयारी भैरहेको बताइएको छ ।

पारिवारिक सम्बन्ध बिग्रँदै गएपछि श्रीमतीले तमोलीसँग पारपाचुके गरी सदाको लागि आनन्दको जीवन जिउने उद्देश्यका साथ केही समय अघिदेखि अदालती प्रक्रिया शुरु गरेकी थिइन् । तर, श्रीमतीको उक्त निर्णयबाट तिलमिलाएका तमोलीले उल्टै उनको चरित्र हत्या गर्दै सामाजिक सञ्जालमा मनपरी लेख्न थालेको उजुरीमा उल्लेख छ ।

“चरित्रहीन श्रीमतीले सदाको लागि छोड्न खोजेकोमा आफूलाई खुशी लागेको” भन्ने आशयले तमोलीले सामाजिक सञ्जाल रंगाउँदै आएका थिए । ‘तँ जस्तो आइमाई अलि पहिले अदालत गएको भए कति आनन्द हुन्थ्यो’ भन्दै श्रीमतीको फोटोलाई अश्लिल बनाएर पटक पटक सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो ।

तमोलीको उक्त हत्कण्डाले सीमा नाघेपछि श्रीमतीले अदालतमा विचाराधीन सम्बन्धबिच्छेदको मुद्दासँगै यता प्रहरीमा साईबर अपराधको उजुरी हालिदिइन् । उनले निवदेनमा भनेकी छन् ‘तत्काल आफूहरूबीच सम्बन्धविच्छेदको लागि प्रक्रिया अघि बढिरहेको अवस्थामा मेरो चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जाल रंगाएको हुँदा आवश्यक कारबाही गरिपाउँ’ । श्रीमतीको निवेदनपछि काठमाडौं परिसरले उनलाई पक्रेर साईबर अपराधमा मुद्दा चलाउन आवश्यक प्रक्रिया शुरु गरेको छ । तमोली दुई सातादेखि परिसरको खोरमा जाकिएका छन् ।-जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार