असार १५, २०८३ सोमबार June 29, 2026

कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की

राष्ट्रिय धान दिवस नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो समय खेतीयोग्य जमिन बाँझो हुँदै जानु कृषि क्षेत्रका लागि गम्भीर चुनौती बनेको उल्लेख गरेका हुन् ।

उनले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्दै राष्ट्रिय धान दिवस नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको बताए ।

मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुन थालेको भन्दै यसले कृषि उत्पादनमा चुनौती थपिएको बताए । उनले आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीको विस्तारमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले कोशी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषकको श्रम, समर्पण र योगदानप्रति सम्मान व्यक्त गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा समृद्ध कोशी प्रदेश निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।

photo-1_e01b467b.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
२०८३ असार १५, सोमबार
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति
२०८३ असार १५, सोमबार
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
२०८३ असार १५, सोमबार
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
२०८३ असार १५, सोमबार
राष्ट्रियसभा बैठक बस्दै
२०८३ असार १५, सोमबार
कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की
२०८३ असार १५, सोमबार
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
२०८३ असार १५, सोमबार