कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी

किसानलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष बैङ्क कर्जा र ब्याजअनुदानको व्यवस्था गर्न लागिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इनरुवा (सुनसरी), १५ असारः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राईल मन्सुरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन लागत घटाउन प्रविधिमैत्री एवं यान्त्रिकीकरणमा जोड दिइने बताउनुभएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा कृषि ज्ञान केन्द्रले आज आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उहाँले नेपालको पूर्वी क्षेत्र मुलुककै कृषि उत्पादनका हिसाबले अग्रणी रहेको धारणा राख्नुभयो ।

देशको प्रमुख अन्नबालीका रूपमा रहेको धान बाली प्रवद्र्धनका लागि जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्र्ने योजना र कार्यक्रम ल्याइने बताउदै प्रदेश मन्त्री मंसुरीले किसानलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष बैङ्क कर्जा र ब्याजअनुदानको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रहरी उपरीक्षक केशवकुमार थेबे, जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला खतिवडा, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर अजादलगायतको सहभागिता रहेको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार
दशौँ राष्ट्रिय खेलकुद : सुर्खेतमा २३, अन्य जिल्लामा ९ खेल
२०८३ कार्तिक २४, मंगलबार