असार १६, २०८३ मंगलबार June 30, 2026

महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

डा कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई नियमअनुसार पेस गर्नू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ असार : सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उक्त प्रमाणित प्रतिलिपि झिकाउन आज आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “महान्यायाधिवक्ता नियुक्ति गर्नेसम्बन्धी नेपाल सरकारबाट विसं २०८२-१२-२२ मा भएको निर्णयसहितको फायल पेसीको दिन देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा २०१५ देखि सन् २०२४ सम्म डा कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई नियमअनुसार पेस गर्नू ।”

अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
२०८३ असार १६, मंगलबार
९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप
२०८३ असार १६, मंगलबार
इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने
२०८३ असार १६, मंगलबार
प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल
२०८३ असार १६, मंगलबार
गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन
२०८३ असार १६, मंगलबार
मन्त्री रावल र मुख्यमन्त्री यादवबीच छलफल
२०८३ असार १६, मंगलबार
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश
२०८३ असार १६, मंगलबार