असार २४, २०८२ मंगलबार July 8, 2025

तीन टेलिभिजनले टीआरपी हेरफेर गरेको आरोपमा छानबीन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः आर्णव गोस्वामीको रिपव्लिक टेलिभिजन सहित भारतका तीनवटा टेलिभिजन च्यानलमाथि टेलिभिजन रेटिंग प्वाइन्ट्स (टीआरपी) हेरफेर गरेको आरोपमा छानबीन सुरु भएको छ । मुम्बई प्रहरीका अनुसार तीन वटा टेलिभिजनमा अर्णब गोस्वामी कार्यक्रम प्रस्तोता रहेका रिपब्लिक टेलिभिजन पनि एक हुन ।

भारतीय सञ्चारमाध्यमहरुले मुम्बई प्रहरीका कमीश्नर परमबीर सिंहलाई उद्धृत गर्दै रिपब्लिक टीभी, फक्त मराठी र बक्स सिनेमामाथि उक्त आरोपमा छानबीन भइरहेको उल्लेख गरेको छ ।

कुन टेलिभिजन च्यानलको कार्यक्रम कति लोकप्रिय हो र कति दर्शकले हेर्छन् टीआरपीले निर्धारण गर्छ । कमीश्नर सिंहले उक्त रैकेटमा हंस नामक एक संगठनले सघाएको जानकारी दिदै पत्रकार सम्मेलनमा विस्तृत जानकारी गराएका हुन् ।

टीआरपी हेरफेर गर्न मुम्बईभित्र करिब दुई हजार ब्यारोमिटर जडान गरी प्रयोगमा ल्याइएको थियो । “केही व्यक्ति घरैपिच्छे पुगेर उक्त टेलिभिजन च्यानल हेर्न आग्रह गर्दै टेलिभिजन हेरे बापत् मासिक रुपमा रुपियाँ उपलब्ध गराउँदै आएका थिए ।”– उच्च प्रहरी अधिकृत सिंहले भने ।

प्रत्येक घरपरिवारले टेलिभिजन हेरे बापत् मासिक चार देखि पाँच सय रुपियाँ पाउँदै आएका छन् । रिपब्लिक टीभीका सञ्चालक तथा निर्देशकलाई छिट्टै प्रहरी समक्ष बोलाइने सिंहले जानकारी दिए । टेलिभिजन हेरे बापत् रुपियाँ पाएको घरपरिवारले प्रहरी समक्ष समेत स्वीकार गरेका छन् । दुईटै मराठी च्यानलका सञ्चालकलाई पक्राउ गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार