असार १७, २०८३ बुधबार July 1, 2026

सभामुख अर्यालसँग साउदी अरबका राजदूतको भेटवार्ता

आगामी वर्ष नेपाल र साउदी अरबबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाणौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए ।

समूहका माध्यमबाट दुवै देशका संसद्बिच पारस्परिक हितका विषयमा सहकार्य गर्न सहज हुने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

उनले नेपाल र साउदीबिच श्रम आप्रवासका क्षेत्रमा बढ्दो सहकार्यप्रति कृतज्ञताका साथ साउदी अरबले नेपालीलाई प्राथमिकता दिएकामा आभार व्यक्त गरेका छन् ।

राजदूत मनिखले साउदी अरब र नेपालबिचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफू क्रियाशील रहेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्कलाई विस्तार गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

आगामी वर्ष नेपाल र साउदी अरबबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदैछ । युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदीमा ३ लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
को हुन् शिक्षामन्त्रीका नयाँ सल्लाहकार शैलेन्द्र झा ?
२०८३ असार १७, बुधबार
राष्ट्रपति पौडेलसँग पाकिस्तानका राजदूत हास्मीको बिदाइ भेट
२०८३ असार १७, बुधबार
सञ्चारमन्त्रीसँग अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
२०८३ असार १७, बुधबार
सभामुख अर्यालसँग साउदी अरबका राजदूतको भेटवार्ता
२०८३ असार १७, बुधबार
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
२०८३ असार १७, बुधबार
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
२०८३ असार १७, बुधबार
श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …
२०८३ असार १७, बुधबार