कार्तिक २, २०८३ सोमबार October 19, 2026

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १४ असारः प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताउनुभयो । “विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्”, उहाँले भन्नुभयो, “तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ ।”

त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राख्नुभएको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिनुभयो । प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटपछि बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी आक्रमण भए ठूलो क्षति पुर्याउने इरानका नयाँ रक्षामन्त्रीको चेतावनी
२०८३ कार्तिक २, सोमबार
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार