असार १२, २०८३ शुक्रबार June 26, 2026

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले सदन प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गरिने कार्यसूची छ ।

त्यसैगरी, आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल हुने तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन् ।

बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफाबार छलफल, संशोधनहरूमाथि निर्णय तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि बिहीबार तय गरिएको बैठक विशेष कारण देखाएर सूचना टाँस गरी स्थगित गरिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले सदन प्रभावित भएको छ ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार