असार १८, २०८३ बिहिबार July 2, 2026

अनुमति बिना स्टिकरको प्रयोग निषेध

नियम लागू भएलगत्तै चितवनका कूल १५० सार्वजनिक तथा निजी सवारीसाधनले कालो स्टिकर हटाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १८ असारः प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको प्रयोग गर्न निषेध गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम लागू गरेको हो । नियम लागू भएलगत्तै चितवनका कूल १५० सार्वजनिक तथा निजी सवारीसाधनले कालो स्टिकर हटाएका छन् ।

प्रमुख प्रहरी निरीक्षक अनिल थापाले कालो स्टिकर कर्ताले लागुऔषध, चोरीका सामान, हातहतियार ओसारपसार, अपहरण तथा शङ्कास्पद वस्तु ओसारपसार गरेको शङ्का लागेकाले हाललाई कालो स्टिकर प्रयोगमा रोक लगाइएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया