मंग्सिर २, २०८३ बुधबार November 18, 2026

वार्तामा खामेनीको स्वीकृति रहेको पेजेस्कियानको दाबी

वार्तालाई लिएर धार्मिक नेतृत्वको अनुमति नलिइएको भन्ने आलोचना अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं ।  इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता देशको सर्वोच्च नेतृत्वको स्पष्ट स्वीकृति र निर्देशनअनुसार अघि बढिरहेको बताउँदै सरकारले कुनै पनि निर्णय एकल रूपमा नगरेको स्पष्ट पार्नुभएको छ । वार्तालाई लिएर धार्मिक नेतृत्वको अनुमति नलिइएको भन्ने आलोचनालाई उहाँले अस्वीकार गर्नुभयो ।

इस्लामिक विकास समन्वय परिषद्को स्मारक मुख्यालयका अधिकारीहरूसँगको भेटमा पेजेस्कियानले सरकारले इस्लामिक गणतन्त्रको निर्णय प्रक्रियाअन्तर्गत तथा नयाँ सर्वोच्च नेता मोजताबा खामेनीको रणनीतिक निर्देशनमा मात्रै काम गरिरहेको बताउनुभयो । उहाँले नेतृत्वले वार्ता नगर्न निर्देशन दिएको भए सरकारले त्यसको पूर्ण पालना गर्ने स्पष्ट पार्दै नेतृत्वको अनुमतिबिनाको कुनै कूटनीतिक पहल सम्भव नरहेको उल्लेख गर्नुभयो ।

पेजेस्कियानका अनुसार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) मा सर्वोच्च नेताले तय गरेको प्रक्रियाअनुसार परिषद्का कम्तीमा तीनचौथाइ सदस्यको समर्थन भएमा मात्रै वार्तालाई अगाडि बढाउने व्यवस्था छ । उहाँले १३ सदस्यीय परिषद्मध्ये १२ जनाले वार्ताको पक्षमा मतदान गर्दै त्यसलाई सक्रिय रूपमा समर्थन गरेको जानकारी दिनुभयो । सरकारले चालेका सबै कदम राष्ट्रिय रणनीति र स्वीकृत नीतिअनुसार नै अघि बढाइएको उहाँको भनाइ थियो ।

यो अभिव्यक्ति लामो समय सर्वोच्च नेता रहनुभएका आयातोल्लाह अली खामेनीको हालै निधनपछि इरान सङ्क्रमणकालीन राजनीतिक अवस्थाबाट गुज्रिरहेका बेला आएको हो । देशमा राजकीय अन्त्येष्टिको तयारी भइरहेका बीच कतारको दोहामा अमेरिकी र इरानी प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता जारी रहेको छ ।

कतार र पाकिस्तानको मध्यस्थतामा दुवै पक्षबीच छुट्टाछुट्टै चरणमा वार्ता सम्पन्न भएको छ । कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले १४ बुँदे इस्लामाबाद समझदारी ज्ञापनपत्रका सन्दर्भमा सकारात्मक प्रगति भएको पुष्टि गर्नुभयो ।

दोहा वार्ता स्विट्जरल्यान्डको लेक लुसर्न शिखर सम्मेलनमा तय गरिएको ढाँचाअनुसार अघि बढाइएको बताइएको छ । कतारी अधिकारीहरूका अनुसार इरानी प्रतिनिधिमण्डललाई राजकीय अन्त्येष्टिमा सहभागी हुन फर्किन सहज बनाउन वार्ता अस्थायी रूपमा स्थगित गरिएको छ भने अर्को चरणको वार्ता उपयुक्त समयमा पुनः सुरु गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
२०८३ मंग्सिर २, बुधबार