असार १८, २०८३ बिहिबार July 2, 2026

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

सोही घटनामा मन्टु दासकी श्रीमती ३० वर्षीया सरिता देवी दास घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा, १८ असार। बाराको महागढीमाई नगरपालिका–९ पिपरा बिर्तामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

बुधबार साँझ करिब ५ बजे खेतबाट घर फर्किरहेका बेला अचानक चट्याङ पर्दा कपिलदेव साहकी १२ वर्षीया छोरी सन्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही घटनामा मन्टु दासकी श्रीमती ३० वर्षीया सरिता देवी दास घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। सामान्य उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट इन्स्पेक्टर बिमल खतीवडाको नेतृत्वमा प्राविधिक सोको सहितको टोली तथा प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वार्तामा खामेनीको स्वीकृति रहेको पेजेस्कियानको दाबी
२०८३ असार १८, बिहिबार
सरकारको १०० दिनः सुशासनका लागि सम्पत्ति छानबिन र विचौलिया राजको अन्त्य
२०८३ असार १८, बिहिबार
युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु
२०८३ असार १८, बिहिबार
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
२०८३ असार १८, बिहिबार
हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन
२०८३ असार १८, बिहिबार
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
२०८३ असार १८, बिहिबार
एभरेष्ट बैंक एनसीएचएलको ईएफटी कार्ड स्विचमा आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने
२०८३ असार १८, बिहिबार