असार १८, २०८३ बिहिबार July 2, 2026

कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

अदालतको आदेशबमोजिम कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनलाई आज बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ वर्ष ७ दिन कैद तथा १२ हजार १ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।

उक्त फैसलापछि उनी कानुनी प्रक्रियाअनुसार कैद सजाय भुक्तानका लागि उपस्थित नभएकाले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई अदालतको आदेशबमोजिम कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यो पक्राउ नयाँ मुद्दामा नभई जिल्ला अदालत कञ्चनपुरबाट यसअघि भएको फैसलाको कार्यान्वयनका लागि गरिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिभुवन विमानस्थलबाट सुनचाँदी तस्करी प्रयास विफल, दुई जना पक्राउ
२०८३ असार १८, बिहिबार
‘राष्ट्रिय हित केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति अघि बढाएका छौँ’ : परराष्ट्रमन्त्री शिशिर खनाल
२०८३ असार १८, बिहिबार
सुनको मूल्य एकै दिन ६ हजार २ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि उच्च वृद्धि
२०८३ असार १८, बिहिबार
सेनामा ब्यापक भ्रष्टचार भएकाे सी जिनपिङकाे स्विकारोक्ती, भने ‘कडा कदम चालिने छ’
२०८३ असार १८, बिहिबार
हवाई इन्धन ट्यांकरमा ‘डिजिटल लकिङ’ प्रणाली
२०८३ असार १८, बिहिबार
कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ
२०८३ असार १८, बिहिबार
राम मन्दिर दान चोरी प्रकरणः बाथरुममा लुकाइन्थ्यो नगद
२०८३ असार १८, बिहिबार