असार १८, २०८३ बिहिबार July 2, 2026

मन्त्री चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीको भेटवार्ता

नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने बिषयमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ असारः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीले भेटवार्ता गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग आज सो भेटवार्ता भएको हो ।

कृषि, वनलगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा नेपालमा सम्भावना, लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप आदानप्रदानका विषयमा छलफल भएको थियो ।

नेपाली समुदायले कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन, जलवायु परिवर्तनसँग अनुकूलन, आधुनिक कृषि प्रविधिको प्रयोग, लगानी आकर्षण तथा अन्तरराष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा सुझाव दिएका थिए । मन्त्री चौधरीले ती सुझावलाई मन्त्रालयको समेट्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउँदै ज्ञान, प्रविधि र अनुभवको आदानप्रदानमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी र दिगो बनाउने विषयमा जोड दिइएको थियो । छलफलमा थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
२०८३ असार १८, बिहिबार
विश्व मञ्चमा नेपाली लायनिज्म, अन्तर्राष्ट्रिय डाइरेक्टर बन्दै राजन लम्साल
२०८३ असार १८, बिहिबार
रास्वपाले सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण गराउने
२०८३ असार १८, बिहिबार
फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र
२०८३ असार १८, बिहिबार
मुलुकको शिक्षाको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री बानिया
२०८३ असार १८, बिहिबार
प्रतिनिधिसभाः सहकारी (पहिलो संशोधन) विधेयक पारित
२०८३ असार १८, बिहिबार
मन्त्री चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीको भेटवार्ता
२०८३ असार १८, बिहिबार