असार १८, २०८३ बिहिबार July 2, 2026

मुलुकको शिक्षाको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री बानिया

आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक संस्था बन्न सफल हुने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ असारः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको शिक्षा क्षेत्रको विकासमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीका अवसरमा जिपी कोइराला मेमोरियल कलेज चाबहिलले आज यहाँ आयोजना गरेको १५औँ वार्षिकोत्सवमा मुख्यमन्त्री बानियाँले भन्नुभयो, “विसं २०४६ को परिवर्तनपछि गिरिजाबाबुको नेतृत्वमा बनेको सरकारले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याएको हो ।”

मुख्यमन्त्री बानियाँले नेपालमा लोकतन्त्रको संस्थागत विकास, शान्ति प्रक्रिया र राष्ट्रिय एकताका लागि गिरिजाप्रसाद कोइरालाले पु¥याउनुभएको योगदान ऐतिहासिक रहेको बताउनुभयो । उहाँले मुलुकको राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रको विकासमा कोइरालाको दूरदर्शी सोच प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभयो । गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी शिक्षामार्फत सक्षम, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री बानियाँले जिपी कोइराला मेमोरियल कलेजले विगत १५ वर्षदेखि शिक्षा क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक संस्था बन्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कलेजलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
२०८३ असार १८, बिहिबार
विश्व मञ्चमा नेपाली लायनिज्म, अन्तर्राष्ट्रिय डाइरेक्टर बन्दै राजन लम्साल
२०८३ असार १८, बिहिबार
रास्वपाले सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण गराउने
२०८३ असार १८, बिहिबार
फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र
२०८३ असार १८, बिहिबार
मुलुकको शिक्षाको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री बानिया
२०८३ असार १८, बिहिबार
प्रतिनिधिसभाः सहकारी (पहिलो संशोधन) विधेयक पारित
२०८३ असार १८, बिहिबार
मन्त्री चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीको भेटवार्ता
२०८३ असार १८, बिहिबार