असार १९, २०८३ शुक्रबार July 3, 2026

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

रिक्त निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १९ गते । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी रहनुभएको छ । भण्डारी अर्को साता ६५ वर्षे उमेरहदका कारण अवकाश पाउन लाग्नुभएकाले परिषद्ले नयाँ नेतृत्व सिफारिस गरेको हो ।

बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै परिषद्की सदस्य एवं प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुरले रिक्त पदमा नियुक्तिका लागि सिफारिस गरिएको बताउनुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार साँझका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको थियो । संवैधानिक परिषद्‍मा प्रधानमन्त्री शाह, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख , प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुने संवैधानिक प्रावधान छ ।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । परिषद्‍बाट सिफारिस भएका नाम संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त
२०८३ असार १९, शुक्रबार
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
२०८३ असार १९, शुक्रबार
संस्कृति मन्त्रालयद्धारा पाँच संस्थाका पदाधिकारी नियुक्त
२०८३ असार १९, शुक्रबार
उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ
२०८३ असार १९, शुक्रबार
पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध
२०८३ असार १९, शुक्रबार
हान्टाभाइरसको प्रकोप समाप्त भएको डब्ल्युएचओको घोषणा
२०८३ असार १९, शुक्रबार
विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना
२०८३ असार १९, शुक्रबार