असार १९, २०८३ शुक्रबार July 3, 2026

संस्कृति मन्त्रालयद्धारा पाँच संस्थाका पदाधिकारी नियुक्त

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठ नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १९ गते ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका रिक्त रहेका निकाय तथा संस्थामा पदाधिकारी नियुक्त गरेको छ ।

मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले गत असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँचवटा निकायमा रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठलाई नियुक्ति गरेको छ । कोषको कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठलाई नियुक्ति गरिएको छ।

त्यसैगरी कोषको सदस्यहरूमा केदारमान भण्डारी, गङ्गासागर बानियाँ, सङ्गीताकुमारी राम, रूपा शाही बास्तोला र रामशोभित नायक नियुक्त भएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा डा पुरुषोत्तम भट्टराई नियुक्त हुनुभएको छ । समितिको सदस्यहरूमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुङ्गेल र नेत्रप्रसाद अधिकारी नियुक्त हुनुभएको छ ।

त्यसैगरी, बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त हुनुभएको छ । सदस्यहरूमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल नियुक्त भएका छन् ।

मन्त्रालयले पाटन दरबार सङ्ग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई सदस्य नियुक्त गरेको छ ।

मन्त्रालयले हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमा सदस्यको रूपमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मीरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त हुनुभएको जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त
२०८३ असार १९, शुक्रबार
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
२०८३ असार १९, शुक्रबार
संस्कृति मन्त्रालयद्धारा पाँच संस्थाका पदाधिकारी नियुक्त
२०८३ असार १९, शुक्रबार
उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ
२०८३ असार १९, शुक्रबार
पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध
२०८३ असार १९, शुक्रबार
हान्टाभाइरसको प्रकोप समाप्त भएको डब्ल्युएचओको घोषणा
२०८३ असार १९, शुक्रबार
विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना
२०८३ असार १९, शुक्रबार