मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मन्त्री ज्ञवालीद्धारा विद्युत्गृहको स्थलगत निरीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई विद्युतगृहको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत्गृहको अवलोकन गरेका हुन ।

विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युत्गृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिनुभएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनले यसै गरी गल्छी-रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेँसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गरेका थिय ।

भारी वर्षाका कारण अवरूद्व स्याफ्रु – मैलुङखण्डको राजमार्ग मङ्गलबार साँझदेखि सञ्चालनमा आएपछि नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गर्नुभएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार