असार २३, २०८२ सोमबार July 7, 2025

बसभित्र सामूहिक बलात्कार गर्ने थप एक जना भद्रपुरबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बसभित्रै सामुहिक बलात्कारमा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुरका दिपेश राई रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा २२ वर्षीया राईलाई भद्रपुरबाट पक्रेर भक्तपुरमा ल्याएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए ।

भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई असोज १७ मा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाडेका थिए ।

बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा।३ ख। २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो । बलात्कारमा संलग्न दुईजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

यसअघि पक्राउ गरिएकामा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया