असार २३, २०८२ सोमबार July 7, 2025

दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना प्रकाउ परेका छन । पाल्पाको माथागढी गाउँपालिका–४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

विराजले १३ बर्षीय ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६ बगेवा बस्ने २० वर्षीय रबिन कुमार दासलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दासले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया