काठमाण्डौंः काठमाण्डौं उपत्यकामा शुक्रबार १ हजार ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १६३ , तथा भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया