असार २२, २०८३ सोमबार July 6, 2026

अर्थमन्त्री डा वाग्ले र एडिबीका अध्यक्षबीच भेटवार्ता

नेपालको विकासका लागि बैङ्कको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ असारः अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्डाबीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोगलगायतका विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

अर्थमन्त्री डा वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री डा वाग्ले र एडिबीका अध्यक्षबीच भेटवार्ता
२०८३ असार २२, सोमबार
बङ्गलादेशका पूर्व अन्तरिम सरकार प्रमुख युनुसविरुद्ध अदालतमा उजुरी दर्ता
२०८३ असार २२, सोमबार
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
२०८३ असार २२, सोमबार
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
२०८३ असार २२, सोमबार
सानो राष्ट्रको ठूलो सपना: केप भर्डेको विश्वकप यात्रा सम्झनलायक
२०८३ असार २२, सोमबार
सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय
२०८३ असार २२, सोमबार
अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र युक्रेन पठाएको भन्दै पोल्याण्डमा विवाद
२०८३ असार २२, सोमबार