बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतमा पुजारीलाई पेट्रोल छर्केर जिउँदै जलाइयाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा उक पुजारीलाइ जिउँदै जलाइएको छ । राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको बीबीसी हिन्दीले जनाएको छ । जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ।

करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाईएको आरोप लागेको छ।

आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको उनले बीबीसीसँग बताएका छन्। बाँकी आरोपितको पनि खोजी भइरहेको करौली प्रहरीले जनाएको छ।

जग्गा विवादका क्रममा ती पुजारीको हत्या भएको उनले पुष्टि गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया