असार २२, २०८२ आइतबार July 6, 2025

आईपीएलः दिल्ली क्यापिटल्सद्धारा राजस्थानलाई ४६ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दिल्ली क्यापिटल्सले आफ्नो विजय यात्रा कायमै राख्ने क्रममा शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । आफूले खेलेका ६ मध्ये पाँचौं खेलमा विजय हात पार्दै दिल्ली अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ ।

टस हारेपछि ब्याटिङमा आएको दिल्लीले शारजहाँ क्रिकेट रंगशालाको पिच र मैदानअनुसार १८४–८ को औसत स्कोरमात्र बनाउन सकेको थियो । राजस्थानलाई १९.४ ओभरमा १ सय ३८ रनमा अलआउट गरेर दिल्लीले अर्को जित हात पारेको हो ।

कागिसो राबाडाले ३.४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले २–२ तथा एनरिच नोर्टजे, हर्सल पटेल र अक्षर पटेलले १–१ विकेट लिए ।

राजस्थानका राहुल टेवाटियाले ३८, यशस्वी जैसवालले ३४, कप्तान स्टिभ स्मिथले २४ र जोस बटलरले १३ रन बनाए । यसअघि दिल्लीबाट सिमरन हेटमायरले २४ बलमा १ चौका र ५ छक्कासहित ४५, स्टोइनिसले ३० बलमा ४ छक्कासहित ३९, कप्तान श्रेयस ऐरले २२, पृथ्वी शले २०, अक्षरले १७ र हर्सलले १६ रन बनाएका थिए ।

राजस्थानका जोफ्रा आर्चरले ३ तथा कार्तिक त्यागी, एन्ड्रयु टेइ र टेवाटियाले १–१ विकेट लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार