बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रत्यासी उम्मेदवार वाइडेन बीचको दोस्रो टिभी बहस रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ ।

राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनबीच हुने दोस्रो टिभी बहस रद्द गरिएको शुक्रवार जनाईएको हो ।

राष्ट्रपति ट्रम्प भर्चुअल बहसमा लागि तयार नभएको तथा उनमा भएको कोरोना संक्रमणका कारण प्रत्यक्ष बहसमा आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् ।

अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको जानकारी दिँदै आयोगले अब आफ्नो सम्पूर्ण ध्यान अक्टोबर २२ मा हुने तेस्रो बहसका लागि केन्द्रित गर्ने जनाएको छ ।

जनस्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रत्यक्ष कार्यक्रम रद्द गरेर भर्चुअल बहसका लागि गरिएको प्रस्तावलाई ‘समयको बर्बादी’ भन्दै ट्रम्पले सहभागि नहुने जनाएपछि दोस्रो बहस नै रद्द गरिएको हो ।

अब दुई उम्मेदवारबीच नासभिलेमा तेस्रो टिभी बहसका क्रममा भेट हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार
अफगानिस्तानको सुन खानीमा विस्फोट, पाँच जनाको मृत्यु
२०८३ बैसाख १७, बिहिबार