काठमाण्डाैः चिकित्सा शास्त्र अध्ययनरत तीन बिद्यार्थी संगठनहरुले डा. गोविन्द केसीको जीबन रक्षाको माग गर्दै चिकित्सक संघले गरेको आन्दोलनको घोषणामा ऐक्यवद्धता जनाएका छन् ।
यसअघि नेपाल चिकित्सक संघले शनिवार एक विज्ञप्ती प्रकाशित गरी भोली आईतबार देशैभरीका आकस्मिक र कोभिड बाहेकका अस्पतालहरुमा सबै ओपिडी सेवा बहिष्कार गर्ने चिकित्सक संघले घोषणा गरेको थियो ।
त्रि.वि. शिक्षण अस्पताल, चि. वि. रा. प्र. न्याम्स र BPKIHS का आवासीय चिकित्सक द्वारा नेपाल चिकित्सक संघको आन्दोलनको कार्यक्रममा ऐक्यवद्धता जनाउदै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गर्दा पनि वार्ता औपचारिकतामा मात्र सिमित बनाइएको आज जारि एक विज्ञप्तिमा भनिएको छ । यसैगरी असोज २५ गते (आईतबार) बीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज तथा बिपी कोईराला मेमोरियल अस्पताल धरानमा आकस्मिक तथा कोविड बाहेकका सम्पूर्ण सेवा बन्द गरि धर्नामा बसिने जानकारी रेसिडेन्ट डा. एसोसिएसन अफ नाम्सका अध्यक्ष डा. प्रकाश भट्टराइले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया