असार २८, २०८३ आइतबार July 12, 2026

परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्न मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनीमा वास्तु सम्मेलन, वैज्ञानिक दृष्टिकोणबाट वास्तुशास्त्र विकास गर्न जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित ‘लुम्बिनी वास्तु सम्मेलन-२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री र दीगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले वास्तुशास्त्रले मानव जीवन, प्रकृति र निर्माणबीच सन्तुलन कायम गर्ने अवधारणालाई अघि सारेको उल्लेख गर्दै यसको अध्ययन, अनुसन्धान र व्यवहारिक प्रयोगलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताए ।

मुख्यमन्त्री आचार्यले नेपालको मौलिक ज्ञान, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले वास्तु, ज्योतिष तथा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासका रूपमा नभई अनुसन्धान र प्रमाणका आधारमा व्याख्या तथा विकास गर्नुपर्ने धारणा राखे ।

उनले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न, सांस्कृतिक सम्पदाको संरक्षण गर्न तथा नयाँ पुस्तालाई मौलिक ज्ञानसँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने बताए । साथै, प्रदेश सरकारले ज्ञान, संस्कृति र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कार्यलाई प्राथमिकता दिएको बताए ।

सम्मेलनमा वास्तुशास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वास्तुशास्त्रको वर्तमान अवस्था, यसको वैज्ञानिक पक्ष तथा व्यवहारिक प्रयोगका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मन फुटबलका नयाँ प्रशिक्षकमा योर्गेन क्लोप नियुक्त हुने पक्का
२०८३ असार २८, आइतबार
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
२०८३ असार २८, आइतबार
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
२०८३ असार २८, आइतबार
परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्न मुख्यमन्त्री आचार्यको आग्रह
२०८३ असार २८, आइतबार
बलपूर्वक हटाइएका सुकुम्वासी फेरि विस्थापित, बाढीपछि भक्तपुरमा स्थानान्तरण
२०८३ असार २८, आइतबार
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
२०८३ असार २८, आइतबार
हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी
२०८३ असार २८, आइतबार