काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उद्यययनमन्त्री योगेश कुमार भट्टराइलाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
शुक्रबार बेलुका हल्का ज्वरो आएपछि कोरोना परिक्षण गरिएकोमा शनिबार रिपोर्ट पोज्ेटिभ आएको मन्त्री भट्टराइले सामाजिक सञ्जाल मार्फत जानकारि दिए ।
हालसम्म हल्का ज्वरो बाहेका आफुमा कुनैपनि लक्षण नदेखिएको र आफ्नो सम्पर्कमा आएकालाइ सर्तक रहन र स्वास्थ्यमा समस्या देखिए परिक्षण गर्न आग्रह गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया