असार ३०, २०८३ मंगलबार July 14, 2026

उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जानुहुँदै

कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० असार ः उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ ।

उहाँ कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँले मङ्गलबार कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनुहुन्छ । उहाँ यही असार ३२ गते स्वदेश फर्कनुहुन तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ
२०८३ असार ३०, मंगलबार
महँगी र कालाबजारी नियन्त्रण गर्न माग
२०८३ असार ३०, मंगलबार
त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह
२०८३ असार ३०, मंगलबार
जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैनः नेपाल प्रहरी
२०८३ असार ३०, मंगलबार
युरोपेली युनियनद्वारा गाजाका विशेष लागि पहल सुरु
२०८३ असार ३०, मंगलबार
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेटवार्ता
२०८३ असार ३०, मंगलबार
उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जानुहुँदै
२०८३ असार ३०, मंगलबार