श्रावण १, २०८३ शुक्रबार July 17, 2026

त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने

श्रावण ०१ देखि समकक्षताको आवेदन नलिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । केन्द्रले १ साउनदेखि समकक्षताको आवेदन समेत नलिने जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य १ साउनदेखि विश्वविद्यालय अनुदान आयोगले गर्ने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘…केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ को दफा २८ ले विश्वविद्यालय अनुदान आयोग ऐन २०५० को दफा ६ मा संशोधन गरी त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य २०८३ साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोगे गर्ने भन्ने व्यवस्था भएकोले यस केन्द्रले मिति २०८३/०४/०१ देखि समकक्षताको आवेदन नलिने भएको व्यवहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
२०८३ श्रावण १, शुक्रबार
बिष्णु पौडेललाई साधारण तारेखमा छाडन बिशेष अदालतको आदेश
२०८३ श्रावण १, शुक्रबार
त्रिविका विद्यार्थीले अब क्याम्पसमै मनोवैज्ञानिक परामर्श सेवा पाउने
२०८३ श्रावण १, शुक्रबार
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को
२०८३ श्रावण १, शुक्रबार
तीनवटा माग पूरा नभए सत्याग्रहसहितका आन्दोलन पुनः थाल्ने डा. गोविन्द केसीको चेतावनी
२०८३ श्रावण १, शुक्रबार
नेपाल यू–१९ महिला एसिया कपका लागि छनोट
२०८३ श्रावण १, शुक्रबार
करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ
२०८३ श्रावण १, शुक्रबार