काठमाण्डाैंः झापामा पतिले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् ।
कमल गाउँपालिका२ स्थित त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले शनिबार बेलुका पत्नी २४ बर्षीया रीतामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घरायसी वादविवादको क्रममा रामजीले पत्नी रिताको घाँटीमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी राकेश थापाले जानकारी दिए । घटना भए लगतै प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले रामजीलाई घरबाटै पक्राउ गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया