असार ३२, २०८३ बिहिबार July 16, 2026

शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छ : मन्त्री पोखरेल

शैक्षिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नारायणगढ (चितवन), ३२ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको उल्लेख गर्नुभयो ।

सामुदायिक विद्यालयको गुणस्तरबारे सोधिएको प्रश्नमा मन्त्री पोखरेलले भन्नुभयो, “हामीले समग्र रूपमा पाठ्यक्रमलाई पूर्ण रूपमा पुनःसंरचना गर्न कार्यदल गठन गरेर काम अगाडि बढाइसकेका छौँ । शिक्षक तालिमका काम अगाडि बढाइएका छन् । विद्यालयको पूर्वाधार सुधारलाई प्रणालीगत र वैज्ञानिक ढङ्गले अघि बढाउने काम भइरहेको छ ।”

शिक्षा क्षेत्रमा गरिने लगानीको परिणाम आउन समय लाग्ने बताउँदै मन्त्री पोखरेलले आज लगानी गरिसकेपछि १५–२० वर्षपछि प्रतिफल देखिने भएकाले धैर्य भएर नीतिगत काम थाल्नुपर्छ भन्नुभयो ।

मन्त्री पोखरेलले शिक्षासम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले टेक्नोलोजी, एआई कहाँ पुगिसकेको छ, त्यो सबै कुरालाई र समेट्ने यथाशीघ्र विधेयक ल्याइने छ ।”

निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरणका लागि सरकार सदा सकारात्मक रहेको बताउँदै उहाँले शैक्षिक परामर्शलगायत क्षेत्रमा आउनसक्ने समस्यालाई समयमै नियमन गर्न केही प्रयास गरिएको प्रष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले विदेश अध्ययन गर्न जाने विद्यार्थी अलपत्र पर्ने समस्या अन्त्य गर्न कन्सल्टेन्सीले उचित परामर्श र मार्गदर्शन गर्न सक्नुपर्ने बताउँदै मन्त्री पोखरेलले शैक्षिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट
२०८३ असार ३२, बिहिबार
शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छ : मन्त्री पोखरेल
२०८३ असार ३२, बिहिबार
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
२०८३ असार ३२, बिहिबार
‘मौद्रिक नीति आगामी आवको बजेटलाई सहयोग पुग्नेगरी ल्याएका छौँ’ – गर्भनर पौडेल
२०८३ असार ३२, बिहिबार
मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश
२०८३ असार ३२, बिहिबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
२०८३ असार ३२, बिहिबार
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
२०८३ असार ३२, बिहिबार