बैसाख १७, २०८३ बिहिबार April 30, 2026

बस र रेल ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः थाइल्याण्डमा बस र रेल ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ मानिस घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार आइतबार बिहान बैंककबाट ५० किलोमिटर पूर्वमा दुर्घटना भएको हो ।

व्रत समाप्तीका लागि गुम्बातर्फ जाँदै गरेका बुद्धिष्ट धर्मावलम्बी चढेको बस दुर्घटना भएको हो । रेलमा ठोक्किएको बस क्षतिग्रस्त भएको तस्बिरमा देखिएको छ ।च्यापिएको बस निकाल्नका लागि क्रेन प्रयोग गर्नु परेको उद्धारकर्मीले बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया