श्रावण १, २०८३ शुक्रबार July 17, 2026

त्रिविका विद्यार्थीले अब क्याम्पसमै मनोवैज्ञानिक परामर्श सेवा पाउने

त्रिवि केन्द्रीय क्याम्पसमा मनोवैज्ञानिक परामर्श सेवा सञ्चालन गर्न स्ववियु–मनोविज्ञान विभागबीच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसका विद्यार्थीलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र त्रिवि मनोविज्ञान केन्द्रीय विभागबीच शुक्रबार सम्झौता भएको छ।

स्ववियु सभापति दिपकराज जोशीका अनुसार विद्यार्थीमा बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा अन्य मनोसामाजिक समस्यालाई लक्षित गर्दै स्ववियु कार्यालय परिसरमा मनोपरामर्श इकाइ स्थापना गरी नियमित परामर्श सेवा सञ्चालन गरिनेछ।

सम्झौताअनुसार स्ववियुले परामर्श कार्यक्रम सञ्चालनका लागि कार्यालय परिसरमा एउटा कोठा उपलब्ध गराउनेछ भने सबै विभागमा सेवाबारे जानकारी गराउन समन्वय गर्नेछ। यसबाट विद्यार्थीको मानसिक स्वास्थ्य प्रवर्द्धन, समस्या पहिचान तथा आवश्यक सहयोगमार्फत शैक्षिक, व्यक्तिगत र सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा स्ववियुका तर्फबाट सभापति दिपकराज जोशी र मनोविज्ञान केन्द्रीय विभागका तर्फबाट विभागीय प्रमुख उपप्राध्यापक सन्जेश श्रेष्ठले हस्ताक्षर गरेका छन्। साथै, विद्यार्थीमैत्री भवनमा स्ववियु स्थानान्तरण भएपछि पनि परामर्श सेवा निरन्तर सञ्चालन गर्न सहकार्य जारी राख्ने सहमति भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘फल्कल्यान्ड ब्यानर’ मा फिफाकाे अर्जेन्टिना माथीकाे कारबाही सुरू
२०८३ श्रावण १, शुक्रबार
विधिपूर्वक मनाइयो साउने सङ्क्रान्ति
२०८३ श्रावण १, शुक्रबार
आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
२०८३ श्रावण १, शुक्रबार
बिष्णु पौडेललाई साधारण तारेखमा छाडन बिशेष अदालतको आदेश
२०८३ श्रावण १, शुक्रबार
त्रिविका विद्यार्थीले अब क्याम्पसमै मनोवैज्ञानिक परामर्श सेवा पाउने
२०८३ श्रावण १, शुक्रबार
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को
२०८३ श्रावण १, शुक्रबार
तीनवटा माग पूरा नभए सत्याग्रहसहितका आन्दोलन पुनः थाल्ने डा. गोविन्द केसीको चेतावनी
२०८३ श्रावण १, शुक्रबार