असार २३, २०८२ सोमबार July 7, 2025

सुनको औंठी लुटेर भाग्ने ट्याक्सी चालकसहित ७ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुनको औँठी र नगद लुटपाट गरेर भाग्ने ट्याक्सी चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौं नयाँ बजारस्थित धारा गल्लीमा काभ्रे भुम्लु–४ घर भई हाल कपुरधारा बस्ने ३७ वर्षीय सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६ सय रुपैयाँ लुटपाट भएको हो । सो अभियोगमा धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने २९ वर्षीय बिष्णु ढकाल लगायत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सूर्य तामाङ स्कुटरमा आईरहेको अवस्थामा ढकालले चलाएको बा २ ज १२२५ नम्बरको ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरुले तामाङको उक्त नगद र औंठी लुटपाट गरी फरार भएको भन्ने खबर पपाएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–९ मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट उक्त नम्बरको ट्याक्सी, ट्याक्सी चालक, गेष्ट हाउस सञ्चालक लगाएत ७ जनालाई फेला पारी पक्राउ गरेको हो । स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया