श्रावण ५, २०८३ मंगलबार July 21, 2026

बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म

विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसमा गरी हाल ५५० विद्यार्थी अध्ययनरत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । बागमती विश्वविद्यालयअन्तर्गत स्नातक तहका विभिन्न विषयमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद यही साउन ८ गतेसम्म थपिएको छ।

यसअघि असार मसान्तसम्म मात्रै भर्नाका लागि आवेदन दिन सकिने व्यवस्था थियो। कतिपय विद्यार्थीको कक्षा १२ को ‘ट्रान्सक्रिप्ट’ बन्न ढिलाइ भएको भन्ने गुनासो आएसँगै आवेदन भर्ने म्याद थप गरिएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज)का अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए।

विश्वविद्यालयले व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि एवं शिक्षाशास्त्र तथा समाजिक विज्ञान सङ्कायअन्तर्गत हुने सेमेष्टर प्रणालीका स्नातक तहका शैक्षिक कार्यक्रमका लागि आवेदन माग गरेको छ।

विश्वविद्यालयले अघिल्लो वर्षदेखि व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल एक हप्ताभित्र प्रकाशित गरेको थियो।

उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिएअनुरुप २०८१ साल जेठ २५ गते बागमती विश्वविद्यालय स्थापना भएको थियो। त्यसअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पस चितवन, हेटौँडा क्याम्पस मकवानपुर, जनमैत्री क्याम्पस काठमाडौं, भुवानीशङ्कर क्याम्पस चितवन, चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक र कपन क्याम्पस काठमाडौं रहेका छन्।

विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसमा गरी हाल ५५० विद्यार्थी अध्ययनरत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार