असोज ३, २०८३ शनिबार September 19, 2026

१५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारी : उपसभापति शर्मा

नेतृत्व तहमा समझदारी कायम गर्ने प्रयास भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र वृहत् छलफल र संवाद भइरहेको जानकारी दिएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पारेका हुन् ।

उपसभापति शर्माले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताए । १५ औँ महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्रीबीच सकारात्मक संवाद भइरहेको उनको भनाइ छ ।

उपसभापति शर्माले भने, ‘नेपाली काँग्रेस पार्टीको आन्तरिक जीवनका विषयमा के हुँदैछ भन्नेबारे म स्पष्ट पार्न चाहन्छु । पार्टीका आदरणीय सभापति गगनकुमार थापा, सिंगो नेपाली काँग्रेस पार्टी र पार्टी नेतृत्वबीच नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले संवाद र छलफल भइरहेका छन् । ती संवाद तथा छलफल सकारात्मक ढङ्गले टुङ्गिनेछन् भन्नेमा हामी विश्वस्त छौँ । आन्तरिक जीवनको सन्दर्भमा आज तपाईँहरूबाट उठ्न सक्ने जिज्ञासालाई मध्यनजर गर्दै सुरुमै यो कुरा स्पष्ट गर्न चाहन्छु ।’

पार्टीभित्र भइरहेका यी छलफलहरूले सकारात्मक निष्कर्ष निकाल्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको शर्माले उल्लेख गरे । पत्रकार सम्मेलनको प्रारम्भमै उनले पार्टीको आन्तरिक जीवन र एकताको विषयमा सञ्चारकर्मीहरूको जिज्ञासा सम्बोधन गर्दै नेतृत्व तहमा समझदारी कायम गर्ने प्रयास भइरहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधान जारी गर्दा खुसीभन्दा मधेसमा गोली चलेको पीडाले बढी दुःखी थिएँ’ : पूर्वराष्ट्रपति रामबरण यादव
२०८३ असोज ३, शनिबार
जलवायु क्षतिको क्षतिपूर्तिलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड
२०८३ असोज ३, शनिबार
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज ३, शनिबार
संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश : मुख्यमन्त्री पाण्डे
२०८३ असोज ३, शनिबार
एमाले केन्द्रीय कमिटी बैठकअघि पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्ने
२०८३ असोज ३, शनिबार
नेपालको संविधान-शान्ति र सहकार्यको साझा दस्तावेज : एकराज पाठक
२०८३ असोज ३, शनिबार
ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा
२०८३ असोज ३, शनिबार