मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपालमा एकैदिन २२ जना कोरोना संक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालमा एकैदिन २२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ पुरुषको कोेरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीका २ जना, धनकुटाका १ जना, सर्लाहीमा एकजना, काठमाडौंमा ५, ललितपुरमा १, भक्तपुरमा २, नुवाकोटमा १, चितवनमा ४, मकवानपुरमा १, सिन्धुपाल्चोकमा एक र रुपन्देहीमा ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । याेसंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा देशैभर थप २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभर १२ हजार ४२७ जनमा पीसीआर परिक्षण गर्दा २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ७५ हजार ८०४ पुगेको छ ।

यस्तै पछिल्ले २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार १४५ भक्तपुरमा ११० र ललितपुरमा १६१सहित १ हजार ४१६ संक्रमित थपिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार