असार २२, २०८२ आइतबार July 6, 2025

यस पटक दशैंकाे अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना न्यून

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: गत वर्ष दुई साताअघि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । यस वर्ष भने अहिलेसम्म त्यसबारे व्यवसायीले केही निर्णय गरेका छैनन् । कोभिड-१९ का बिरामी बढिरहेकाले यात्रुको संख्या समेत कम छ ।

लामा तथा मध्यम दूरीका सवारी सञ्चालनमा आएको महिना हुन लाग्दा पनि यात्रुको संख्या बढ्न सकेको छैन । अग्रिम टिकट बुकिङका विषयमा यातायात व्यवस्था विभागमा शुक्रबार यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायबीच छलफल भएको थियो । छलफलले यस विषयमा टुंगो लगाउन सकेन ।

पहिलाको तुलनामा अहिले केही यात्रु बढे पनि अग्रिम बुकिङबारे बुझ्न कोही यात्रु नआएको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर बताउँछन् । ‘यात्रु कम भएपछि गाडी घटेका छन्,’ उनले भने, ‘तर पहिला आधा सिट खाली खाली हुन्थ्यो, अहिले यात्रु बढ्न थालेका छन् ।’ नियमअनुसार कुल सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाइनेछ । तर त्यो आधा सिट पनि यात्रुले नभरिँदा घाटा सहेर सवारी चलाउनुपरेको यातायात व्यवसायीको गुनासो छ ।

गत वर्ष यही बेला नयाँ बसपार्कबाट दैनिक ५ सयदेखि ६ सय यात्रु बस छुट्थे । अहिले मुस्किलले २ सय बस छुट्छन् । ‘अग्रिम टिकट बुकिङबारे केही निर्णय भएको छैन,’ उनले भने, ‘आवश्यक परे कात्तिक २ बाट खोल्ने कुरा छ ।’ दसैं नजिकिए पनि यति बेला टिकट काउन्टर सुनसान छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँजहाँ छौं, त्यहीँबाटै दसैं मनाउन आग्रह गर्दै आएकाले पनि यात्रु चलमलाएका छैनन् । चाडबाडमा घर जाने धेरै हुने भएकाले कोभिड–१९ फैलिने भन्दै मन्त्रालयले सुरक्षित रहने गरी यथास्थानमा दसैं मनाउन आग्रह गरेको हो । कतिपय यात्रु त लकडाउनअघि नै उपत्यकाबाट बाहिरिइसकेका छन् । थप बाहिरिनेको संख्या कम छ ।

यो पटक अग्रिम बुकिङ खुल्ने सम्भावना न्यून रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘अहिले गाडी खालीखाली चलाउनुपरेको छ, काम नहुने र घर जानैपर्नेहरू अहिले खाली भएकै बेला गए राम्रो हुन्थ्यो,’ उनले भने, ‘यात्रु नै नभएपछि कसका लागि अग्रिम बुकिङ खोल्ने रु त्यसैले यस सम्बन्धमा निर्णय भइसकेको छैन ।’ जहाजमा झैं यात्रु बसमा पनि पूरै सिटमा यात्रु राख्न दिनुपर्ने आफूहरूको माग रहेको उनले बताए । ‘हामीले पूरै सिटमा यात्रु राख्न पाउनुपर्छ भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई लिखित माग पेस गरेका छौं,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट छिट्टै यसबारे निर्णय हुने पर्खाइमा छौं ।’ अहिले कुल संख्याको ४० प्रतिशत मात्र सवारी सञ्चालनमा रहेको उनले जानकारी दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल पनि तत्काल अग्रिम टिकट बुकिङ नखोलिने बताउँछन् । आवश्यक परे घटस्थापनाको एक–दुई दिनपछि खोल्न सकिने उनको भनाइ छ । पहिला चाडबाडको समयमा यात्रुको चाप थामिनसक्नु हुन्थ्यो । सिट नपुगेर मुढा र हुटमा बसेर यात्रु घर जान तयार हुन्थे । अहिले कोभिडले गर्दा सबैमा त्रास छ । जसले गर्दा धेरैले यो पटकको दसैं राजधानीमै मनाउने तयारी गरिरहेको उनको भनाइ छ ।

‘गत वर्षसम्म अन्य रुटमा चल्ने गाडीसमेत ल्याएर यात्रुको बढी चाप भएका रुटमा चलाउनुपर्ने बाध्यता थियो,’ हमालले भने, ‘अहिले त चलेका गाडीलाई नै यात्रु पुगेका छैनन्, किन गाडी थप्नुपर्‍यो ।’ पहिला दसैंमा जाने विद्यार्थी धेरै हुन्थे । अहिले विद्यालय, कलेज बन्द भएकाले पहिल्यै गइसकेका छन् । व्यवसायीको मागअनुसार लामा तथा मध्यम दूरीका गाडीमा पूरै सिटमा यात्रु बोक्न पाउनुपर्ने माग मन्त्रालयमा पठाइसकिएको बताए ।

‘जहाजमा पूरै यात्रु राख्न पाइन्छ भने गाडीमा पाइँदैन भन्न नमिल्ला,’ हमालले भने, ‘तर कुल सिट क्षमतामा गाडी चलाउँदा स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ ।’ गत वर्ष दसैंका बेला २० लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिन्थे । अहिले ४ देखि ६ लाख मात्र जाने भएकाले यातायातको सामान्य सेवाबाटै पनि हुन सक्ने अवस्था रहेको विभागले जनाएको छ । ‘छलफलमा सबैका कुरा सुनियो, सबैले कुरा राखे,’ हमालले भने, ‘त्यसैले तत्कालका लागि अग्रिम टिकट बुकिङ खुला गर्न जरुरी देखिएन ।’ कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार