श्रावण ७, २०८३ बिहिबार July 23, 2026

कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा

हालसम्म ७४० वटा सवारीसाधन र ३६ जना चालक नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, ७ साउन । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रण लिएको छ ।

गएराति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको जाँचका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ११ वटा र वडा प्रहरी कार्यालय बगरको टोलीले सात वटा मोटरसाइकल नियन्त्रण लिएको थियो ।

गत वर्षदेखि सञ्चालित ‘अप्रेसन ३६५’ का क्रममा हालसम्म ७४० वटा सवारीसाधन र ३६ जना चालकलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सुरु गरेको उक्त अपरेसनका क्रममा समाजमा आतङ्क सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरिएको हो ।

मोटरसाइकलका पार्टपूर्जा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खलबलाउने जस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ‘अप्रेसन ३६५’ सञ्चालन गरेको हो ।

प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सवैमा अनुरोध गरेको छ ।

स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम रु १५ हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कानून निर्माण तथा सुधार वर्ष’ सफल बनाउन उच्चस्तरीय समिति गठन
२०८३ श्रावण ७, बिहिबार
थुनामुक्त भए पछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा
२०८३ श्रावण ७, बिहिबार
लहानका कर अधिकृत ५ लाख घुससहित रंगेहात पक्राउ
२०८३ श्रावण ७, बिहिबार
कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा
२०८३ श्रावण ७, बिहिबार
लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली
२०८३ श्रावण ७, बिहिबार
अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
२०८३ श्रावण ७, बिहिबार
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
२०८३ श्रावण ७, बिहिबार