बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

भारत-चीन सीमा विवादबारे कमाण्डर स्तरको वार्ता हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारत र चीनबीच सीमा विवाद समाधानको प्रयासमा सोमबार वार्ता हुने भएको छ । भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा विवाद कम गर्न आज दुई देशका कमाण्डर स्तरको सातौँ वार्ता हुन लागेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

वार्तामा चीनका तर्फबाट उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ । वार्तामा चीनका तर्फबाट विदेश मन्त्रालयका अधिकारी र राजनीतिक कमिश्नर सामेल हुने सम्भावना रहेको बताइएको छ । यसअघि गत सेप्टेम्बर २१ मा भएको कमाण्डर तहको छैटौँ वार्तामा भारतका तर्फबाट वरिष्ठ कूटनीतिज्ञ नविन श्रीवास्तव सामेल हुनु भएको थियो ।

गएको सेप्टेम्बर १० मा रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ्ग यीबिच वार्ता भएको थियो । सो वार्तामा सीमा विवाद कम गर्ने सम्बन्धमा पाँच बुँदे सहमति भएको बताइएपनि दुवै पक्षबाट कार्यान्वयन भने हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार
अफगानिस्तानको सुन खानीमा विस्फोट, पाँच जनाको मृत्यु
२०८३ बैसाख १७, बिहिबार