काठमाण्डौंः भारत र चीनबीच सीमा विवाद समाधानको प्रयासमा सोमबार वार्ता हुने भएको छ । भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा विवाद कम गर्न आज दुई देशका कमाण्डर स्तरको सातौँ वार्ता हुन लागेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
वार्तामा चीनका तर्फबाट उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ । वार्तामा चीनका तर्फबाट विदेश मन्त्रालयका अधिकारी र राजनीतिक कमिश्नर सामेल हुने सम्भावना रहेको बताइएको छ । यसअघि गत सेप्टेम्बर २१ मा भएको कमाण्डर तहको छैटौँ वार्तामा भारतका तर्फबाट वरिष्ठ कूटनीतिज्ञ नविन श्रीवास्तव सामेल हुनु भएको थियो ।
गएको सेप्टेम्बर १० मा रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ्ग यीबिच वार्ता भएको थियो । सो वार्तामा सीमा विवाद कम गर्ने सम्बन्धमा पाँच बुँदे सहमति भएको बताइएपनि दुवै पक्षबाट कार्यान्वयन भने हुन सकेको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया