श्रावण ८, २०८३ शुक्रबार July 24, 2026

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छः शिक्षामन्त्री

शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिनका लागि दिइएको बिदाको पूर्ण उपयोग गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ८ साउन : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि निर्धारण गरिएको रु २५ लाख धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताउनुभएको छ ।

शिक्षासम्बन्धी विषयमा कलम चलाउने पत्रकारसँग आज सिंहरदरबारस्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवासायीकै सुझावका आधारमा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३’ मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट गर्नुभएको हो ।

तीन प्रतिशत समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको बताउनुभएको हो ।

मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐनजस्ता कानुन निर्माण गर्दा भने सरोकार भएका पक्षसँग पूर्वपरामर्श गरिने पनि उल्लेख गर्नुभयो । उहाँले विश्व विद्यायहरुलाई स्वायत्त र दलीय प्रभावमुक्त बनाउन नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो सोचपत्रसहित अघि बढ्न आग्रह गरिएको जनाउनुभयो ।

नेपाल सरकारका प्रवक्ता पोखरेलले शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिनका लागि दिइएको बिदाको पूर्ण उपयोग गर्न आग्रह गर्दै उक्त निर्णय पनि कुनै पुनः विचार नहुने बताउनुभयो ।

मन्त्री पोखरेलले चिकित्सक डा गोविन्द केसीले चलाएका अभियानप्रति आफू विगतदेखि नै पक्षधर रहेको उल्लेख गर्दै उहाँसँग अनौपचारिक संवाद भइरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमाविद् बुद्धिनारायण श्रेष्ठ राष्ट्रपतिबाट पुरस्कृत
२०८३ श्रावण ८, शुक्रबार
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह
२०८३ श्रावण ८, शुक्रबार
कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा
२०८३ श्रावण ८, शुक्रबार
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छः शिक्षामन्त्री
२०८३ श्रावण ८, शुक्रबार
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
२०८३ श्रावण ८, शुक्रबार
गुजरामा खुकुरी प्रहारगरी महिलाको हत्या, आरोपित स्थानीयको कुटाइपछि गम्भीर
२०८३ श्रावण ८, शुक्रबार
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति
२०८३ श्रावण ८, शुक्रबार